चर्चामा

भोटेकोशी बाढीपछि १२५९ जनाको शव भेटियो, सम्पर्कविहिन हुने पाँच हजार नाघे

भोटेकोशी बाढीपछि १२५९ जनाको शव भेटियो, सम्पर्कविहिन हुने पाँच हजार नाघे
0 0
Read Time:2 Minute, 41 Second

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मृत्यु हुनेको संख्या भयावह बनेको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार २५९ जनाको शव फेला परेको छ भने पाँच हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा विभिन्न जिल्लाबाट शव फेला पर्ने क्रम जारी छ ।

हालसम्म रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको विवरणमा उल्लेख छ । यी सबै जिल्लामा फेला परेका शवको संख्या जोड्दा कुल १ हजार २५९ पुगेको हो ।

फेला परेका शवमध्ये हालसम्म ९५ जनाको सनाखत भएको छ। सनाखत भएका शव आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवार तथा आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

बाढीले ठूलो संख्यामा मानिसलाई बेपत्ता तथा सम्पर्कविहीन बनाएको छ । पछिल्लो सरकारी विवरणअनुसार ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालित छन्। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, शव पहिचान तथा राहत वितरणको कामसमेत जारी छ ।

भोटेकोशीको बाढीले रसुवाबाट सुरु गरी नदी तटीय क्षेत्र तथा तल्लो भूभागमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएका शव विभिन्न जिल्लामा फेला परेकाले पहिचान तथा सनाखत प्रक्रिया जटिल बनेको छ ।

सम्पर्कविहीन व्यक्तिका परिवार भने आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन्। सम्बन्धित निकायले प्राप्त विवरण अद्यावधिक गर्दै खोज तथा उद्धारलाई निरन्तरता दिएको जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %