चर्चामा

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
0 0
Read Time:1 Minute, 43 Second

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज (आइतबार) बस्दै छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे र सचिवालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आह्वान गरिएको छ ।

भोलि (असोज ५ गते) देखि सुरु हुने केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रतिवेदन तथा पुनर्गठन कार्यदलको प्रतिवेदनबारे अन्तिम निष्कर्षमा पुग्न यी बैठकहरू बोलाइएका हुन् । यसअघि बसेको कार्यदलको बैठकमा दुई वटा भिन्न प्रतिवेदन प्रस्तुत भएकाले ती प्रतिवेदनलाई समायोजन गरी एउटै सर्वसम्मत दस्तावेज तयार पार्न बैठकमा गहन छलफल हुनेछ ।

कार्यदलको बैठकमा प्रतिवेदनबारे देखिएको अन्योल र असमझदारीलाई हल गर्दै कस्तो निर्णय आउँछ भन्ने विषयमा एमाले नेता तथा कार्यकर्ता पङ्क्तिमा निकै चासोका साथ हेरिएको छ ।

आज बस्ने कार्यदल र सचिवालय बैठकले एजेन्डा तय गरेपछि भोलिदेखि असोज ७ गतेसम्म एमालेको केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %