एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
- सत्यदीप सन्देश संवाददाता
- अशोज ४, २०८३
- 35 Shares
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज (आइतबार) बस्दै छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे र सचिवालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आह्वान गरिएको छ ।
भोलि (असोज ५ गते) देखि सुरु हुने केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रतिवेदन तथा पुनर्गठन कार्यदलको प्रतिवेदनबारे अन्तिम निष्कर्षमा पुग्न यी बैठकहरू बोलाइएका हुन् । यसअघि बसेको कार्यदलको बैठकमा दुई वटा भिन्न प्रतिवेदन प्रस्तुत भएकाले ती प्रतिवेदनलाई समायोजन गरी एउटै सर्वसम्मत दस्तावेज तयार पार्न बैठकमा गहन छलफल हुनेछ ।
कार्यदलको बैठकमा प्रतिवेदनबारे देखिएको अन्योल र असमझदारीलाई हल गर्दै कस्तो निर्णय आउँछ भन्ने विषयमा एमाले नेता तथा कार्यकर्ता पङ्क्तिमा निकै चासोका साथ हेरिएको छ ।
आज बस्ने कार्यदल र सचिवालय बैठकले एजेन्डा तय गरेपछि भोलिदेखि असोज ७ गतेसम्म एमालेको केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका रहेको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा