बुटवलको बुद्धनगर पुलबाट तिनाउ नदीमा फाल हालेका पुरुष बेपत्ता
- सत्यदीप सन्देश संवाददाता
- अशोज १५, २०८३
- 56 Shares
Read Time:1 Minute, 16 Second
बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ एक पुरुष तिनाउ नदीमा फाल हालेर बेपत्ता भएका छन् ।
साँझ करिब ६ बजेको समयमा ४० देखि ४५ वर्ष उमेर समूहका देखिने ती पुरुषले पुलबाट फाल हालेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेका ती पुरुषलाई स्थानीय तथा राहगीरले सम्झाई-बुझाई गरेर रोक्ने प्रयास गरेका थिए। तर, सम्झाउँदा-सम्झाउँदै उनले अचानक पुलबाट नदीमा फाल हालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको छ । बेपत्ता पुरुषको पहिचान भने अझै खुल्न सकेको छैन ।
सुरक्षाकर्मीको टोलीले पुल आसपास तथा तिनाउ नदीको तटीय क्षेत्रमा खोजी कार्य जारी राखेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
अशोज ११, २०८३ -
बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
अशोज ११, २०८३

लेखकको सम्वन्धमा