बुटवलको बुद्धनगर पुलबाट तिनाउ नदीमा फाल हालेका पुरुष बेपत्ता
- सत्यदीप सन्देश संवाददाता
- अशोज १५, २०८३
- 79 Shares
Read Time:1 Minute, 16 Second
बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ एक पुरुष तिनाउ नदीमा फाल हालेर बेपत्ता भएका छन् ।
साँझ करिब ६ बजेको समयमा ४० देखि ४५ वर्ष उमेर समूहका देखिने ती पुरुषले पुलबाट फाल हालेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेका ती पुरुषलाई स्थानीय तथा राहगीरले सम्झाई-बुझाई गरेर रोक्ने प्रयास गरेका थिए। तर, सम्झाउँदा-सम्झाउँदै उनले अचानक पुलबाट नदीमा फाल हालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको छ । बेपत्ता पुरुषको पहिचान भने अझै खुल्न सकेको छैन ।
सुरक्षाकर्मीको टोलीले पुल आसपास तथा तिनाउ नदीको तटीय क्षेत्रमा खोजी कार्य जारी राखेको स्थानीय प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा