कालिका टोल आमा समुहद्रारा नन्दिनी गौशालामा गाइ गोरुलाई खाध्यान्न बस्तु सहयोग

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशालामा शनिबार कालिका टोल आमा समुहले खाध्यान्न बस्तुहरु सहयोग गरेका छ ।
रमाइलो कार्यक्रम शुभकामना तथा देउसी भैलो खेलेर जम्मा गरेको रकम पिकनिक खेलेर खाएर सक्नु भन्दा धेरै थोरै जति भए पनि सहयोग गरेको कालिका टोल आमा समुह अध्यक्ष सरिता खड्काले बताइन्
कार्यक्रम मा कालिका टोल सस्थांका सचिब खिम बहादुर बुढाथोकीले यस भन्दा अघि नेपाल अनाथ आस्रमम खाध्यान्न बस्तु सहयोग, रक्तदान कार्यक्रमहरु ,सगंम क्रियापुत्री भवनलाई ७ वटा पखां पनि सहयोग गरेको बताए का थिए ।भौतारिरहेका गाइ गोरुलाइ यहा गौशालामा राखेर राम्रो हेरचाह रेखदेख गरी पुन्य गरेको बताएका छन्
कार्यक्रम मा कालिका टोल सस्थांका अध्यक्ष दुर्गा राना लगाययले बोलेका थिए । गाइ गोरुको लागी ४ बोरा चापट ,२७ केजी भेली , एक टुली पराल , १० के जी नुन लगायतका आहार विहारहरु सहयोग गरेका छन ।
बुटवल ७ स्थित शिवनगर सामुदायिक वनमा रहेको गौशालामा ३५० गाइ गोरुहरु रहेका छन ।
नन्दिनी गौशालाका इन्चार्जले यो चिसो मौसममा गुड पकाए दिने र गर्मी मौसममा यतिकै दिन मिल्ने मौसम अनुसार कसरी गाइ गोरुको हेरचाह गर्ने जस अनुसार काम गरेको बताइन ।
कुनै पनि शुभ कार्य जन्मदिन वा विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराए मनाउन सकिने पनि बताइन ।
कार्यक्रम सञ्चालन सचिव रेनु भुषाल न्यौपानेले गरेका थिए ।
लेखकको सम्वन्धमा