चर्चामा

बुटवल वडा-७ ले गर्यो सुस्त मनस्थिति विद्यार्थीलाई न्यानो कपडा वितरण

बुटवल वडा-७ ले गर्यो सुस्त मनस्थिति विद्यार्थीलाई न्यानो कपडा वितरण
0 0
Read Time:2 Minute, 41 Second

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर वडाद्वारा सुस्तमन : स्थिती बाल बिधा मन्दिरमा ट्रायाकसुट पोशाक प्रदान गरिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहहेको सुस्त मनस्थिति बाल बिधा मन्दिरमा रहेका बालबालिकालाई जाडोको महिनालाइ. बिशेष ध्यानमा राखेर प्रदान गरिएको बुटवल वडानम्बर ७ का वडाअध्यक्ष पदमराज गाहाले ५०, थान ट्याकसुट पोशाक वितरण गरेका थिए र यही माघ महिनाको ८ गतेका दिन वडा नं ८ मा रहेको श्री जनता मा बि मा जेहेन्दार विद्यार्थीलाई ४० थान ट्याकसुट बितरण गरेको बताए ।

सुस्त मनस्थिति बाल बिधा मन्दिरका अध्यक्ष लोकराज भुषालले आफ्ना बच्चाहरूको लागी अभिभावक नै लाग्नुपर्ने र २०५१ सालमा शुरु गरेको यस सस्था दुइ चार जना अभिभावकहरुबाट सुरु गरेको आज थुप्रै समस्याहरु झेल्दै थुप्रै समाजसेवि महानुभावहरु बुटवल उपमहानगरको सहयोग, स्थानीयको सहयोग भौतिक पूर्वाधार देखी शैक्षिक गुणस्तरमा सुधार ल्याएको छ बिगतमा के जस्तो भए पनि संघियता आइसकेपछि धेरै कुराको सहज भएको र लगभग ३० बर्ष भैसकेको उनले बताए ।

वडाअध्यक्ष पदमराज गाहाले अपाङ्गता बालबालिका को बिमाको बारेमा पनि पहल गरको र धेरै जनाको बिमा भैसेके को र केहि बाकी रहेकाको फेरी नया तरिकाले जानु पर्ने हुनाले केहि समस्याले गर्दा त्यो बिचमै रहयो उनले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जाने बताए ।

कार्यक्रममा सुस्त मनस्थिति बाल बिधा मन्दिरका प्राध्यानापक मुना भुसाल पाठक कार्यपालिका सदस्य राधादेवी पौडेल, वडा सदस्य विर बहादुर लामा, वडा सदस्य सन्दिप खनाल, तुलसी विश्वकर्मा, सगंमटोलका अध्यक्ष प्रकास छेत्री, कालिका टोलका अध्यक्ष के बि थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन राजु लामिछाने ले गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %