रुपन्देही-२ मा कांग्रेस उम्मेदवार चुन्न पौडेललाई राप्रपाको समर्थन
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन १७, २०८२
- 226 Shares
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ । राप्रपाको उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै राप्रपाले रुपन्देही २ मा चुनन्न प्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो ।
राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै रुपन्देही-२ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने आह्वान गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्-‘अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्धामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवम् उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौं ।’
२०७९ को समानुपातिक मत परिणामअनुसार राप्रपा यो क्षेत्रमा चौथो शक्ति हो । त्यतिबेला राप्रपाले ५ हजार ६०० मत प्राप्त गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा