चर्चामा

रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी 

रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी 
0 0
Read Time:1 Minute, 37 Second

बुटवल । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।

२०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन । सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले ५६ हजार ५५० मत ल्याए ।

शनिबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याए ।

निकटतम मानिएका पौडेलले जमानत जोगाए पनि निकै कम मत ल्याएका हुन् ।

नेपाली काँग्रेसका चुन्न पौडेलले ९ हजार ३९२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिपले १४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात् ६४।०७ प्रतिशत मत खसेको छ । त्यसमध्ये ८४ हजार १३ मत सदर भएको छ भने २ हजार २९० मत बदर भएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %