चर्चामा

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा
0 0
Read Time:1 Minute, 34 Second

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ । रास्वपाले १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ ।

यसैगरी नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रस्थानमा रहेको छ । नेकपा (एमाले) ले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ७ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिटमा विजय हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले पनि एक/एक सिट जितेका छन् ।

यसबीच धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सम्पन्न भइसके पनि अन्तिम परिणाम भने अझै घोषणा गरिएको छैन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %