ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- satyadeep
- जेष्ठ ३०, २०८२
- 348 Shares
पोखरा । ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो । मृतक तथा घाइतेको पूर्ण विवरण खुल्न बाँकी रहेको उनले जानकारी दिए।
दुर्घटनापछि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा उद्धार कार्य भइरहेको छ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार ६ जना घाइतेलाई उद्धार गरी बुर्तिबाङस्थित प्रादेशिक अस्पताल पठाइएको छ। “घटनास्थलमा हामी स्वयं उपस्थित भएका छौँ,” उपप्रमुख कायतले भने, “दुई जनाको मृत्यु भइसकेको छ । घाइतेलाई प्रहरी र नगरपालिकाको गाडीमार्फत अस्पताल पठाइएको छ। शव निकाल्ने प्रयास जारी छ।”
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ।
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

प्रतिकृया दिनुहोस्