ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- satyadeep
- जेष्ठ ३०, २०८२
- 338 Shares
पोखरा । ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो । मृतक तथा घाइतेको पूर्ण विवरण खुल्न बाँकी रहेको उनले जानकारी दिए।
दुर्घटनापछि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा उद्धार कार्य भइरहेको छ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार ६ जना घाइतेलाई उद्धार गरी बुर्तिबाङस्थित प्रादेशिक अस्पताल पठाइएको छ। “घटनास्थलमा हामी स्वयं उपस्थित भएका छौँ,” उपप्रमुख कायतले भने, “दुई जनाको मृत्यु भइसकेको छ । घाइतेलाई प्रहरी र नगरपालिकाको गाडीमार्फत अस्पताल पठाइएको छ। शव निकाल्ने प्रयास जारी छ।”
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ।
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

प्रतिकृया दिनुहोस्