फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।
अन्तिम १६ बाट फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेका छन् । अब यी टोलीहरू सेमिफाइनल प्रवेशका लागि चार रोमाञ्चक खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जुलाई १० मा नेपाली समयअनुसार राति १स्४५ बजे हुनेछ । विश्वकपको बलियो दाबेदार फ्रान्सलाई अफ्रिकी टोली मोरक्कोले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
यस्तै, दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियम आमनेसामने हुनेछन् । जुलाई ११ मा नेपाली समयअनुसार राति १२स्४५ बजे हुने यो खेललाई क्वार्टरफाइनलकै सबैभन्दा प्रतिस्पर्धात्मक भिडन्तका रूपमा हेरिएको छ ।
तेस्रो खेलमा उत्कृष्ट लयमा रहेको नर्वेले इंग्ल्याण्डको सामना गर्नेछ । यो खेल जुलाई १२ मा नेपाली समयअनुसार बिहान २स्४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो पटक यस विश्वकपमा सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल जुलाई १२ मा नेपाली समयअनुसार बिहान ६स्४५ बजे हुनेछ । लगातार उत्कृष्ट पुनरागमन गर्दै आएको अर्जेन्टिना उपाधि रक्षा अभियानलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने स्विट्जरल्यान्ड अर्को उलटफेरको खोजीमा रहनेछ ।
यसपटकको क्वार्टरफाइनलमा युरोपका छ टोली, दक्षिण अमेरिकाको एक टोली र अफ्रिकाको एक टोली पुगेका छन् । चारै खेलका विजेताले विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

लेखकको सम्वन्धमा