चर्चामा

पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता

पीसल्याण्डमा हाजिरीजवाफ तथा बालगीत प्रतियोगिता
0 0
Read Time:3 Minute, 30 Second

बुटवल । बुटवल-७, शिवनगरस्थित आवर पीसल्याण्ड  एकेडेमीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत हाजिरी जवाफ तथा बालगीत प्रतियोगिता सम्पन्न भएको छ।

Advertisement

समयानुकुल शैक्षिक गतिविधिमा अग्रसर गराउनुका साथै हरेक विद्यार्थीका आफ्ना वैयक्तिक अतिरिक्त क्षमता हुन्छन् र तिमीहरुलाई उजागर गराउन विद्यार्थीहरूलाई आफ्नो रुचि अनुरुपका  विभिन्न कार्यक्रममा सक्रिय गराउँदै आइरहेको यस विद्यालयले आज पनि प्राइमरी तर्फ बालगीत प्रतियोगिता तथा कक्षा १ देखि ९ सम्ममा विभिन्न तहमा विभाजन गरी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो।

नर्सरीबाट अल्फिया मुस्लिम, एल.के.जी.  स्टार बाट क्रिस्टिना काफ्ले , एल. के.जी.मुन बाट सुवासना खाम्चा , यु.के.जी. स्टार र मुन बाट क्रमश : अनमोल पौडेल र ऋषभ पाण्डेले प्रथम स्थान हासिल गरेका छन्  ।

यसैगरी सब जुनियर तथा कक्षा १ देखि ३ सम्मको हाजिरीजवाफ प्रतियोगितामा रेड हाउसका अभिषेक सुनार ,आरुस शुक्ला र क्रिस्टी श्रीसको समूह प्रथम हुन सफल भएको छ।

त्यसैगरी कक्षा ४ देखि ६ सम्मको हाजिरीजवाफ प्रतियोगितामा पनि रेड हाउसकै सक्षम अर्याल , रेजिना राना , स्मृति वि.क. र असिम पौडेलको समूहले प्रथम स्थान हासिल गरेको छ।
     

यसैगरी  कक्षा ७ देखि ९ सम्मको हाजिरीजवाफ प्रतियोगितामा ग्रीन हाउसका प्रशंसा न्यौपाने , नम्रता श्रेष्ठ , सुरक्षा बस्याल र इच्छा शाहीले प्रथम स्थान हासिल गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कुलानन्द पाण्डेको विशिष्ट अतिथ्यता ,प्राचार्य गङ्गा भण्डारीको सभापतित्व तथा विभिन्न तहमा क्रमश :  लक्ष्मी भण्डारी, सलिना पुन , हिमाल क्षेत्री र रोमन्स पुनले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै अध्यक्ष पाण्डेले विद्यार्थीको क्षमता र आवश्यकता अनुरूप विद्यालयमा गरिने यस्ता कार्यक्रमहरू निकै फलदायी भएकोले विद्यालयले स्थानीय स्तरमा मात्रै नभएर राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाइसकेको कुरा समेत राखेका थिए

प्राचार्य गंगा भण्डारीले विद्यार्थीहरुको सर्वपक्षीय विकासको लागि आवश्यक पर्ने आवश्यक क्रियाकलापहरु विद्यालयले गराइरहने र त्यसमा विद्यार्थीहरुको अझै बढी सक्रियता बढाउनु पर्ने बताईन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %