ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान
0 0
Read Time:4 Minute, 44 Second

बुटवल । सामाजिक कामहरु गर्ने उदेश्यले स्थापना भएका बिभिन्न क्लवहरुले आफ्नो काममा भन्दा पनि धेरै प्रचारमा ध्यान दिन्छन् तर ईनरह्विल क्लव अफ मिडटाउन बुटवलले भने दीर्घकालीन रुपमा पनि ईनरह्विललाई चिनिरहने कामहरु अगाडी बढाएको छ ।

Advertisement

इनरह्वील क्लव अफ मिडटाउन बुटवल वर्ष २४/२५ का नव निर्वाचित अध्यक्ष राधिका देबी रिजालले आफ्नो नेतृत्वको कार्यसमितिले क्लवलाई ब्राण्डीङ गर्दै बिभिन्न कामहरु गर्ने बताएकी थिईन् ।

उनले पहिलो कार्यक्रम अन्तरगत नै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नम्बर ४ मा रहेको श्रृङेश्वर मन्दिरमा पुगेर दीर्घकालीन रुपमा नै इनरह्विललाई सम्झनेकाम गरेकी हुन् । उनले मन्दीर परिषरमा बृृक्षारोपण गर्नुका साथै मन्दीरमा रहेका जेष्ठ नागरिकहरुलाई भोजनदान गरेकी हुन् । सोही अवसरमार धन्यवाद ज्ञापन समेत गरिन् ।

मन्दिर परिसरमास्वामी, आँप , एभोकाडो, कागती , बेलौती, लगायतलका बिरुवाहरु क्लवलका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक सरला भण्डारीले समन्वय एवं सहयोग गरेको अध्यक्ष रिजालले जानकारी दिईन् ।

भोजनदानको अवसरमा १ सय भन्दा धेरै जेष्ठनागरिक सहित १७५ जनालाई भोजनदान गरिएको उनले बताईन् । खिर खुवाउने कार्यक्रममा लुम्बिनी डेरीको तर्फबाट दुधको सौजन्य गरिएको उनले जानकारी दिइन् ।

शिवा रानाको संयोजनमा सोही अवसरमा निशुल्क आवासीय छोरी शिक्षामा भएकोलाई खाजा सहयोग गरिएको थियो ।

डिस्ट्रिक चेयरमेनको रुपमा यस क्लवका संस्थापक अध्यक्ष  आशा श्रेष्ठ भएको अवसरमा यस क्लव स्थापना गरेको मातृक्लव ईनरव्हिल क्लव अफ बुटवलका संस्थापकहरुलाई बोलाएर धन्यबाद एवं आभार ब्यक्त गरेकी थिईन् । साथै आफ्नो क्लवले स्पोन्सर गरेको इनरव्हिल क्लब अफ तिलोत्तमालाई समेत समावेश गरेको उनले जानकारी दिईन् ।

कार्यक्रममा बाल्दै क्लवका अध्यक्ष रिजालले क्वल प्रतिको माया जगाउने पहलमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । कार्यक्रममा उपस्थीत सम्पूणलाई मायाको बिरुवा उपहारको रुपमा प्रदान गर्दै रिजालले जसरी यो बिरुवाको संरक्षण गरिन्छ ,त्यसैगरि क्लब र साथित्वको भावनाको पनि संरक्षण गर्न र सुरक्षा गर्न आग्रह गरिन् ।

उनले ७० वटा बिरुवा र गमलामा क्लवको ब्राण्डीङ सहितको गोलो समेत राखेर प्रदान गरेकी थिईन् ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन आशा श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मानस्वरूप र क्लबका सबै सदस्यहरुको सम्झना गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गरिन ।

ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै मिडटाउन बुटवलले यसरी कार्यक्रम गरेकोमा आभार व्यक्त गरे ।

पूर्व अध्यक्ष सरला भण्डारीले आफनै क्लबले आयोजना गरेको पबित्र कार्यक्रममा बिरुवाहरु उपलब्ध गराउन पाउँदा आफुलाई सधै सामाजिक काम प्रति गौरव लाग्ने बताइन ।

कार्यक्रममा इनरह्वील क्लव अफ बुटवल वर्ष २०२४-२५ का अध्यक्ष सम्झना ज्ञवाली ,क्लबका पुर्ब अध्यक्षहरु,संस्थापक सल्लाहकार ओमी पुन लगायत सदस्यहरुको सहभागिता रहेको क्लवका सचिव सुशीला पोखरेलले जानकारी दिईन् ।

स्वार्थभन्दा माथि सेवाभाव भन्ने उदेश्यले १६ बर्ष अगाडी स्थापना भएको क्लबले विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %