केही बेरको वर्षाले अमरपथ जलमग्न
- सत्यदीप सन्देश संवाददाता
- साउन २९, २०८१
- 332 Shares
वुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५ र ६ मा रहेको मुल बजारमा प्रवेश गरेसँगै बजार क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन् ।पानीको नियमित निकासको बाटो थुनिएपछि नालाको पानी बजारमा पसेको स्थानीयबासीले बताएका छन् ।
उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ । टेलिकमदेखि अमरपथका मुख्य बजारका अधिकांश पसलहरुमा पानी पसेको छ ।
बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति बारे तथ्याङ्क संकलनको काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा जान नसकेपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो ।
स्थानीयले नालीमा चेकजाँच तथा सफाई गरेपछि भने डुबानको सतह घटेको छ ।लेदोसहितको बाढी बजारमा पस्दा आवागमन समेत प्रभावित बनेको छ । उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ ।
बैशाख ३० गते परेको वर्षाले सो क्षेत्रमा लेदो सहितको भेल पस्दा व्यवसायीको मालसमानमा नोक्सान पुर्याएको थियो ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३


लेखकको सम्वन्धमा