इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

Read Time:1 Minute, 19 Second
दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्दार गरेको थियो । मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
लेखकको सम्वन्धमा