अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने
बुटवल,२४,भदौ । अपाङ्गता भएका बालबालिकाको संरक्षण स्थानिय सरकारको दायित्व भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । परिवारमा एक जना सदस्य मात्रै अपागंता भएपनि अर्को एकजना सहयोगिको आवश्यकता पर्नेहुदा बिभिन्न किसीमले परिवारको दैनिक जनजिवनमै असरपर्ने उनीहरुले बताएका हुन् ।
सुस्तमनःस्थिति बालविद्यामन्दिर बुटवल र रोटरी क्लब अप्m तिनाउ बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा आयोजना गरिएको बौद्धिक तथा शारिरीक तथा अपांगता भएका बालबालिकालाई व्हिलचेयर वितरण कार्यक्रममा बोल्दै अपांगता भएका सदस्य र परिवारलाई राज्यले बिशेष संरक्षण गर्नुपर्नेमा जोड दिईएको हो । कार्यक्रममा बौद्धिक तथा शारिरीक अपागंता भएका ३ जना बालबालिका बुटवल ११ की उजला पाण्डे, बुटवल १३ का रोशन परियार, बुटवल १६ की प्रतिन्जा रेग्मी लाई तिनथान व्हिल चेयर वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ तिनाउका एजी हिमाल गैरेले सुस्तमनःस्थिति बालविद्या मन्दिर र रोटरीको उद्देश्य एउटै भएको बताउनुभयो ।
गैरेले साझा उदेश्य बोकेका संस्थाहरुले यसरी संयुक्त कार्यक्रम गर्दा धेरै अपांगता भएका ब्यतmीहरुसम्म व्हिल चेयरको पहुँच पुग्न सक्ने बताउनुभयो। राज्यले यस्ता बिशेष व्यक्तीहरुका लागि आवश्यक सहयोग र संरक्षणमा ध्यानदिन जरुरी रहेको बताउनुभयो । बुटवल वडा नम्बर १३ का वडा सदस्य लालबहादुर गुरुङले अपांगता भएका बालबालिकाको संरक्षणका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा यस्ता प्रकृतिका कार्यक्रममा गर्दा रोटरी क्लब र बिद्यालयसंग सहकार्य गर्ने बताउनुभयो । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रसिडेन्ट इलेक्ट पुरन ज्ञवालीले रोटरीको उदेश्य भनेकै समाजसेवा गर्ने भएकाले पनि हरेक दुखमा ,पिडा र बिपदका बेला रोटरी कुनै न कुनै माध्यम बाट समाजमा जोडिएको बताउनुभयो ।
रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष रमिला शर्माले रोटरी तिनाउले हरेक बर्ष अपांगता भएका ब्यक्तीहरुलाई व्हिल चेयर वितरण गर्दै आएको बताउदै रोटरीको थिम भित्र रहेर बार्षिक कार्ययोजना अन्र्तगत कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सुस्तमनःस्थितिबाल विद्यामन्दिर बुटवलले गरेको तथ्यांक अनुसार बुटवल उपमहानगरपालिका भित्र बौद्धिक तथा शारिरीक अपागंता भएका ८१ जना बालबालिका रहेको विद्यामन्दिरका प्रधानाध्यापक तथा रोटरी क्लब अफ् तिनाउ बुटवलका सर्भिस प्रोजेक्ट चेयर मिना भुसाल पाठकले बताउनुभयो ।
पाठकका अनुसार बिद्या मन्दिरले बुटवल संगै गैडहवा गाउँपालिका ,मायादेबि गाउपालिकाका पालिकाको जिम्मेवारीका सेन्टरनै सञ्चालन गरेको ,शुद्धोधन गाउपालिका र सैनामैना नगरमा पनि शिक्षकहरु खटाएर सेवा प्रवाह गरिरहेको छ । पाठकले हाल बाल विद्यामन्दिरले बालबालिकाका लागि घरदैलो कार्यक्रम अन्र्तगत व्यवाहारिक ज्ञान, फिजियोथेरापी,व्यवसायिक सिप,अभिभावकलाई तालिम जस्ता कार्यहरु दैनिक कर्मचारी खटाएर गर्दै आएको बताउनुभयो।
सुस्तमनःस्थितिबाल विद्यामन्दिरका संस्थापक कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले बुटवलमा रहेर लामो समय देखि अपांगता भएका बालबालिकको क्षेत्रमा शिक्षा संगै सेवा गरिरहेको बताउनुभयो ।
यस्ता सामाजिक कार्यगर्न सबै क्षेत्रको साथ र सहयोग रहनुपर्ने अपेक्षा राख्नुभयो । बाल विद्यामन्दिरका अध्यक्ष लोकनाथ भुसालले अपांगता भएका ब्यक्तीहरुको संख्या हेरि प्रत्येक वडामा सेन्टरको आवश्यकता रहेको बताउनुभयो । अपांगता भएका ब्यक्तीहरुलाई हिडडुलमा समस्या हुने,सहयोगिको आवश्यकता पर्ने, सुरक्षा, संरक्षणका हिसाबले पनि धेरै अप्ठ्यारा समस्या पर्नेहुदा स्थानिय सरकार बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधान–२०७२ मा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हककै रूपमा उल्लेख भएपनि ब्यवहारमा लागु नभएको बताउनुभयो ।
कार्यक्रममा बाल विद्यामन्दिरका सदस्य खेम प्रसाद गौतम, अपांगता भएका बालबालिककाका अभिभावक, क्लबका पदाधिकारी सदस्य बिभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ ले अपाङ्गता भएका व्यक्तिहरूप्रति स्थानीय सरकार अर्थात् पालिकाहरूको दायित्व र जिम्मेवारी थपिदिएको छ तर अझैपनि स्थानिय सरकार यि र यस्ता प्रकृतिका समस्या भएका ब्यक्तीहरुको संरक्षणमा उत्रिन सकेको छैन ।
लेखकको सम्वन्धमा