नारायणगढ–मुग्लिन सडक भासियो
Read Time:1 Minute, 4 Second
पोखरा । भीषण वर्षाले पहिरो र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डको नौकिलोमा सडक करिब २ फिट भासिएको हो ।
जसका कारण सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ । इच्छाकमना गाउँपालिका ३ को मौवाखोला, दतिखोला, पानीधारामा पनि सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध छ । पहिरो हटाउन अझै ३/४ घण्टा लाग्ने बताइएको छ ।
लेखकको सम्वन्धमा