कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- सत्यदीप सन्देश संवाददाता
- अशोज १८, २०८३
- 24 Shares
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशनमा उद्घाटन समारोहमा निमन्त्रणा गरिएका अतिथिहरु पुग्ने क्रम शुरु भएको छ ।
अहिले नेकपाका संयोजक प्रचण्ड कार्यक्रम स्थलमा पुगिसकेका छन् भने रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु सहभागी हुदैछन् ।
अहिले खुलामञ्चमा काँग्रेसका प्रतिनिधिहरुसहित हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको छ । यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।
प्रतिकृया दिनुहोस्
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
- कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र
- तिनाउ नदीमा शव फेला
- बुटवलको बुद्धनगर पुलबाट तिनाउ नदीमा फाल हालेका पुरुष बेपत्ता
- कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
अशोज ११, २०८३ -
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
अशोज १२, २०८३

लेखकको सम्वन्धमा