चर्चामा

देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड

देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
0 0
Read Time:2 Minute, 30 Second

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन्

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै प्रचण्डले थापालाई कांग्रेसमा नयाँ इतिहास निर्माण गरेको भन्दै बधाई दिए ।

कांग्रेसमा नेतृत्व परिवर्तनलाई निरन्तरताको क्रमभंगको संज्ञा दिँदै उनले थापाले पार्टीलाई नयाँ इतिहासतर्फ डोर्‍याएको बताए ।

‘कांग्रेसमा निरन्तरताको क्रमभंग गर्दै कांग्रेसलाई नयाँ इतिहासमा डोर्‍याएकोमा गगन थापालाई बधाई,’ उनले भने ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारका बेला थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको स्मरण गर्दै त्यतिबेलै आफूले थापामा भविष्यमा देशको नेतृत्व गर्ने क्षमता देखेको बताए ।

‘मैले त्यतिबेलै भन्थेँ, तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउन सक्छ । आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ,’ प्रचण्डले भने । थापालाई पार्टी र देशको नेतृत्व गर्ने ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै प्रचण्डले सबै पक्षलाई समेटेर अघि बढ्न सुझाव दिए ।

उनले कांग्रेसभित्र रूपान्तरण र नेतृत्व परिवर्तनका लागि भूमिका खेल्ने नेता तथा महाधिवेशन प्रतिनिधिहरूलाई पनि धन्यवाद दिए ।

उनले नयाँ पुस्ताले नेतृत्वमा आउँदा पुराना पुस्ताका नेताहरूलाई अपमान गर्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।

नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व सिर्जना गर्नुभन्दा अनुभव, क्षमता र ऊर्जालाई एकीकृत गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %