कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्ना नीति र कार्यशैलीमा सुधार गर्नुपर्नेमा सुझाव दिए ।
‘कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,’ लामिछानेले भने, ‘दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको भए म पनि कांग्रेस हुन्थेँ होला । यति लहलहाउँदो रुखलाई छाडेर अरूलाई भोट हाल्न बाध्य नबनाएको भए म पनि कांग्रेस हुन्थेँ होला ।’
मञ्चमा आफू मात्र प्रतिपक्षीको रूपमा उभिन पुगेको उल्लेख गर्दै उनले भने, ‘यो मञ्चको प्रतिपक्ष म मात्र भएछु, मलाई एक्लो हुन मन पर्छ । तर मुलुक र लोकतन्त्रका लागि पार्टीहरू एक्लो हुँदैनन् ।’
वर्तमान सरकारको स्थायित्व र सरकार फेरबदलको चर्चाबारे टिप्पणी गर्दै लामिछानेले सरकार ढल्ने हल्ला चलाउनेहरू नै बेहोस भएर ढल्ने बताए ।
‘सरकार ढल्छ, अहिले ढल्छ, दसैँ–तिहारपछि सरकार ढल्छ भन्नेहरू सरकार नढलेको देखेर बेहोस भएर ढल्छन्,’ उनले भने ।
साथै, लोकतन्त्रलाई कुनै पनि खतरा नरहेको दाबी गर्दै उनले लोकतन्त्रको नाममा धेरै दुहाइ नदिन आग्रह गरे । लोकतन्त्र जनताले जोगाउने बताउँदै उनले सरकार ढाल्ने अचुक उपायबारे भने, ‘सरकार आन्दोलनबाट ढल्दैन, अब चुनावबाट मात्र सरकार फेर्ने काम गरौँ ।

लेखकको सम्वन्धमा