जेनजीको मस्यौदामा हस्ताक्षर गरेकै कारण केही व्यहोर्नुपरे म बेहोरौँला : प्रधानमन्त्री
- सत्यदीप सन्देश संवाददाता
- मंसिर १२, २०८२
- 264 Shares
सोमबारसम्म हस्ताक्षर गर्ने आश्वासन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गरेकी छिन्।
सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गरेकी थिइन । सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए ।
प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिइन । उनले भनिन, “अब यो विषय धेरै लम्ब्याउनु हुँदैन । आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्, पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ हेर्नुहोस् । सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ । अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म बेहोरौँला । मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन ।”
प्रतिकृया दिनुहोस्
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
- गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
- आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
- शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
- बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति
- प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन : हर्क साम्पाङ
- भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन पर्छ : ज्ञानेन्द्र शाही
- निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग
- संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
-
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
जेष्ठ २६, २०८३ -
संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
जेष्ठ २४, २०८३ -
गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
जेष्ठ २६, २०८३

लेखकको सम्वन्धमा