भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ मा अवस्थित श्री भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा रहेको यो मन्दिर सबै मिलेर संरक्षण गर्नुपर्ने र मन्दिरमा जुनै पनि बेला सहयोग गर्ने तत्पर रहेको बताउनुभयो ।
बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिस्वर पौडेलले मन्दिरमा भजन कीर्तनले मनलाइ शान्ति बनाएको र स-साना नानी बाबुहरुले पनि भजन किर्तन मा चासो राखेकोमा खुशी ब्यक्त गर्नुभयो ।
मन्दिर विकास समिति सदस्य उमा रानाले धर्मको रक्षा गर्दा मानिसमा पनि धर्म हुने र सन्ध्या कालमा आफ्ना नानी बाबुलाई भजन किर्तन गर्न सिकाउँदा राम्रो सँस्कारको बानी पनि बस्ने बताउनुभयो ।
सह-सचिव तथा रबिन्द्रनाथ पगेंनीले आर्थिक तथा २०८० /८१ को अनुमनित प्रतिबेदन पेश गर्नुभएको थियो ।
कार्यवाहक अध्यक्ष अरुण कुमार श्रेष्ठले धर्मले मानिसलाइ एक आपसमा जोड्दछ र यसै गरी सबैजना मिलेर अगि बढ्ने बताए ।
कार्यक्रममा मन्दिर विकास समिति नि.अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ,प्रध्यानाध्यापक डा. वावुराम ज्ञवली , लवकुश श्रेष्ठ,असोक कुमार कसौधन, वडा सदस्य गोमा नेपाली ,भिम वहादुर श्रेष्ठ लगायतले बोलेका थिए । भुवनेश्वरी टोल विकास संस्थाका अध्यक्ष पदम बहादुर रानाको अध्यक्षतामा र सचिव हरि पहारीले सचांलन गरेका थिए । कार्यक्रममा ५ जना जेष्ठ नागरिक र भजन मण्डलीलाइ सम्मान गरिएको थियो ।
लेखकको सम्वन्धमा