चर्चामा

विजयनगरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न १ सय ३० युनिट रगत सङ्कलन

विजयनगरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न १ सय ३० युनिट रगत सङ्कलन
0 0
Read Time:3 Minute, 15 Second

घनश्याम भर

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आयोेजित बृहत रक्तदान कार्यक्रममा १ सय ३० युनिट रगत सङ्कलन भएको छ । गाउँपालिकाको वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे ।

राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, विजयनगर गाउँपालिकाको सहयोग, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ विजयनगर गाउँ कमिटी र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ सय ३० जना रक्तदाताले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए । उनले बिहान ८ बजेदेखि सुरु भएको बृहत रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा उत्साहित भएर रक्तदाताले रक्तदान गरेका बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सुमन पुरीले सामाजिक सेवा भावले परोपकार गर्ने इच्छाशक्ति बढ्दै गएको बताएका छन् । रक्तदान महत्त्वपूर्ण कार्य भएको भन्दै सामाजिक कार्यमा युवाहरू सधैँ सरिक हुँदै अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । उनले अझै पनि रगत दान गर्ने भ्रम रहेकोले वैज्ञानिकले रक्तदानले कुनै प्रकारको असर नहुने प्रमाणित गरेपछि विस्तारै समाजका सकारात्मक सोँच बढ्दै गएकोले रक्तदान गर्ने रक्तदाताहरुको सङ्ख्या उल्लेखनीय रुपमा बढ्दै गएको बताए ।

यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले मानवता र सामाजिक हिसाब रक्तदान महत्त्वपूर्ण कार्य भएको र पुण्यको कामसमेत भएको बताए । उनले सर्वसाधारणलाई समेत जनचेतनाको हिसाबले पनि रक्तदान गर्ने कार्यमा सरिक हुनुपर्ने सन्देश पनि दिएको जिकिर गरे । अध्यक्ष थापाले विजयनगर आधारभूत अस्पताललाई सञ्चालन गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरि अन्तिममा रहेको बताउँदै विजयनगरका नागरिकलाई टाढा जाने बाध्यता हट्नुको साथै आधारभूत सेवाहरुलाई अब यही अस्पतालबाट उपलब्ध हुने बताए ।

कार्यक्रमलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौेधरी, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष तिलक गिरी लगायतले सम्बोधन गरेका थिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %