केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’
- सत्यदीप सन्देश संवाददाता
- पुस ५, २०८२
- 299 Shares
काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य रहेको तर आत्मसमर्पण गर्न आफूहरू तयार नभएको स्पष्ट पारेका छन् ।
एमालेको एघारौँ महाधिवेशनपछि शनिबार आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । अध्यक्ष ओलीले आफू नै एमाले भएको जस्तो अर्थ लाग्ने अभिव्यक्ति दिनु उपयुक्त नभएको उनको टिप्पणी थियो ।
अध्यक्ष ओलीप्रति प्रश्न उठाउँदै पोखरेलले भने, “म जे बोल्छु, त्यहीँ एमाले हो भन्ने कुरा सुन्दा नै आङ सिरिङ हुन्छ। म नभए एमाले नै हुँदैन भन्ने भनाइ कसरी सही हुन सक्छ ?”
उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु आजको आवश्यकता भएको बताए । “हामी विभाजनलाई अस्वीकार गर्छौं, तर आत्मसमर्पण स्वीकार्य छैन,” पोखरेलले स्पष्ट गरे ।
नेतृत्वले आफ्ना कमजोरी स्वीकार नगरे कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने चेतावनी पनि उनले दिए । “आफ्ना कमजोरी आत्मसमीक्षा नगरे कम्युनिस्ट पार्टी नै सकिन्छ,” उनको भनाइ थियो ।
पोखरेलले पार्टीभित्र विचार र विधिको संघर्ष अझै जारी रहेको बताए। एघारौँ महाधिवेशनमा आफूले गरेको प्रतिस्पर्धालाई संकेत गर्दै उनले भने, “यो सुरुवात मात्र हो । अब यो प्रक्रिया निरन्तर अघि बढ्छ । विचार र विधिको लडाइँ जारी नै रहनेछ ।”
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा