चर्चामा

राजनीति

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।…

संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । आजै नवनिर्वाचित सांसदहरूले…

  • कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्ने बताएका हुन् । यद्यपी, पार्टीले यससम्बन्धी औपचारिक निर्णय भने आइतबार बस्ने...

  • कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

    कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा आयोजना हुने भएको छ । बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा...

  • रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

    रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । हिजो आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

  • समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

    समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

    कुन दलले कति सिट पाए ? काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो...

  • १६५ क्षेत्रकै परिणाम सार्वजनिक

    १६५ क्षेत्रकै परिणाम सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि...