नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको दशौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।...
