चर्चामा

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ – गगन थापा

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ – गगन थापा
0 0
Read Time:2 Minute, 19 Second

तस्बिर : रासस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बाहिर सार्वजनिक भएको बिषयमाथि स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् ।

आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीबारे स्पष्ट पार्दै उनले कुनै पनि अफवाहमा नलाग्न र त्यस्ता प्रचारबाट भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन् ।

केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको सन्दर्भमा उनले निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् ।

प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %