युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- सत्यदीप सन्देश संवाददाता
- अशोज २३, २०८३
- 14 Shares
बुटवल । युवापुस्तालाई धर्म, संस्कृति र आध्यात्मिक गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल मानव धर्म सेवा समितिले आज भजन सन्ध्या आयोजना गर्ने भएको छ ।
युवालाई भजनप्रति आकर्षित गर्दै धार्मिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा ‘प्रोजेक्ट भक्ति’को सांगीतिक प्रस्तुति रहने निखिल बिष्टले जानकारी दिए। उनले भजन तथा संगीतका माध्यमबाट युवालाई आध्यात्मिकतासँग जोड्न कार्यक्रमले सहयोग पुग्ने बताए ।
समितिकी केन्द्रीय प्रवारी महात्मा चमेली बाईजी, लुम्बिनी क्षेत्र आश्रम प्रमुख महात्मा अम्बिका बाईजी तथा महात्मा गोवर्धन बाईजीको उपस्थितिमा कार्यक्रम हुने जनाइएको छ ।
महात्मा गोवर्धन बाईजीले युवालाई धर्मसँग जोड्दै धार्मिक कार्यमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भएको हो । भजन तथा आध्यात्मिक गतिविधिले युवामा धार्मिक भावना, संस्कार र संस्कृतिप्रतिको रुचि बढाउन सहयोग पुग्ने उहाको भनाइ छ ।
समितिका युवा सदस्य दीपक पंगेनीले कार्यक्रमबारे जानकारी दिँदै युवापुस्तालाई आध्यात्मिक गतिविधिमा सहभागी गराउने र भजन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताए। उनले भजन सन्ध्यामा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । उनले ५ सय जनालाई सहभागी गराईने बताए ।
प्रतिकृया दिनुहोस्
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ – गगन थापा
- कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
अशोज १८, २०८३

लेखकको सम्वन्धमा