दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- भदौ २६, २०८१
- 121 Shares

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममिति लगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका जिल्ला प्रहर कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गौँडाकोट नगरपालिका वडा नं.५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटा पक्राउ परेका थिए ।
टोमटालाई फौजदारी कार्यविधि सँहिता २०७४ को दफा १४९६० बमोजिम दोहोरो नागरिकता शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिए । कुनै नेपालीले झुटो विवरण पेशगरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस्
- सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड
- बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
- पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
- शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने
- प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं -प्रधानमन्त्री
- प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली
- चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
- राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
- प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
-
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
माघ २२, २०८१ -
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
माघ २२, २०८१
लेखकको सम्वन्धमा