विमानस्थल निर्माणमा भ्रष्टाचार भएको छैन : नागरिक उड्डयन प्राधिकरण महानिर्देशक
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आफूले कुनै पनि भ्रष्टाचार नगरेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका छन् । मंगलबार पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विमानस्थल निर्माणमा आफू वा प्राधिकरणबाट कुनै अनियमितता भएको छैन...
