प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ दिएका छन्। सोमबार संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रश्न उठाएपछि ओलीले सामाजिक सञ्जालमार्फत ती प्रश्नहरूको जवाफ दिँदै प्रचण्डमाथि व्यंग्यात्मक प्रहार गरेका हुन्। ओलीले कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट...
