यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो, हिजो डरले बनेको, आज डरले बचेको छ : अध्यक्ष प्रचण्ड
पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र दलाल पुँजीवादी शक्तिको दबाब तथा धम्कीबाट बनेको आरोप लगाएका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका”...
