झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।
बुटवल । बुटवलमा प्रहरीले २ जना आन्दोलनकारीलाई पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई राजमार्ग चौराहाबाट पक्राउ गरेको हो ।
ललितपु । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन् । सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ । त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड तथा आगजनी गरिरहेका छन् ।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।
काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । (अनलाइनखबर)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल पदबाट हट्न माग गरेका छन् । सामाजिक सञ्जाल एक्स मार्फत सोमबार राति सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले अबोध युवामाथि भएको गोलीकाण्डले सिंगो देशलाई निदाउन नदिएको...
पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र...
बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ । आज बिहान साढे ८ बजेदेखि सुरु भएको कर्फ्यु अर्को आदेश नआएसम्म जारी रहने प्रशासनले जनाएको छ । कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका छन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका...