प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।
बुटवल । बुटवलको सुख्खानगरस्थित नेकपा (एमाले) लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् । मंगलबार उग्र बनेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताएका छन् । घटनापछि कार्यालय परिसरमा धुवाँको मुस्लो देखिएको र वरपरको क्षेत्र अशान्त बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् । सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन…
काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन् । जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो । मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था...
पोखरा । जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन् । महानगरको बन्द गेट फोडेर उनीहरूले महानगरको कार्यालयमा आगो लगाएका हुन् । आगलागीका साथै उनीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन् । पोखराको सभागृह चोकबाट सुरू भएको प्रदर्शनकारीको जुलुस न्युरोडस्थित...
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चित कालका लागि सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । महासङ्घले भदौ २३ गते जेनजी समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग...